वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
साफ च्याम्पियनसिपमा नेपालले कुवेतसँग खेल्दै
Prabhu Bank AD

चौधौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

च्याम्पियनसिप भारतको बेंग्लोरमा हुन लागेको हो । उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।

कुवेतसँग अहिलेसम्म नेपालले ९ खेल खेलेकोमा ८ खेलमा पराजित रहेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।

यस्तै बेलुका पौने ८ बजे भारत र पाकिस्तानले खेल्नेछन् । यसपटकको साफमा आमन्त्रित टोलीका रुपमा कुवेत र लेबनान रहेका छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले खेल्न पाएको छैन ।

समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान छन् । भारतले साफका ८ वटा उपाधि जितेर सर्वाधिक सफल टोली बनेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय