वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
फिफा महिला वरीयतामा नेपाल एक स्थान तल
Prabhu Bank AD

विश्व फुटबल महासंघ ९फिफा०ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ ।

यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा थियो । दक्षिण एसियामा भारत सबैभन्दा अगाडि छ । पछिल्लो वरीयतामा भारत ६०औं स्थानमा छ । दक्षिण एसियामा नेपाल दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । बंगलादेश १४०औं स्थानमा छ ।

यसैगरी श्रीलंका १५४औं, पाकिस्तान १५७औं, माल्दिभ्स १६०औं, भुटान १७१औं स्थानमा छन् । एसियामा अस्ट्रेलिया सबैभन्दा अगाडि १०औं स्थानमा छ । त्यसपछि जापान ११औं, चीन १४औं, दक्षिण कोरिया १७औं र भियतनाम ३२औं स्थानमा छन् ।

महिला विश्व वरीयताको पहिलो स्थानमा भने अमेरिका रहेको छ । जर्मनी दोस्रो, स्विडेन तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन् । फ्रान्च पाँचौं, स्पेन छैटौं, क्यानडा सातौं, ब्राजिल आठौं र नेदरल्यान्ड्स नवौं वरीयतामा रहेका छन् ।

निकट भविष्यमा सुरु हुने महिला विश्वकप फुटबलअघि जारी भएको यो अन्तिम वरीयता हो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन हुनेछ ।

फिफाले महिला विश्वकपको विजयी टोलीका प्रत्येक खेलाडीलाई दुई लाख १७ हजार पाउण्ड ९करिब साढे तीन करोड नेपाली रुपैयाँ० पुरस्कार प्रदान गर्ने भएको छ । यो पुरस्कार उपाधि विजेता टोलीका २३ जना खेलाडीले नै पाउने भएका छन् ।

फिफाले पहिलो पटक विजयी टोलीका सबै खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो । फिफाले महिला विश्वकप खेल्ने हरेक खेलाडीले नगद पुरस्कार पाउने पनि जनाएको छ । फिफाका अनुसार, विश्वकपमा सहभागी प्रत्येक खेलाडीले कम्तीमा २४ हजार पाउण्ड ९३९ लाख ५७ हजार नेपाली० पुरस्कार पाउने छन् ।

आगामी विश्वकपमा ३२ टोली सहभागी हुँदैछन् । प्रत्येक टोलीमा २३ खेलाडी रहन्छन् । यस आधारमा आगामी महिला विश्वकपमा सहभागी हुने खेलाडीको सँख्या सात सय ३२ हुन आउँछ । आगामी महिला विश्वकपका लागि फिफाले १५ करोड २० लाख अमेरिकी डलर रकम छुट्याएको छ । अघिल्लो संस्करणको तुलनामा फिफाले महिला विश्वकपको पुरस्कार राशिमा तीन सय प्रतिशत रकम वृद्धि गरेको हो ।

पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर रहेको भन्दै त्यसको विरोध हुँदै आएको थियो । फिफाको पछिल्लो घोषणापछि पनि पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर देखिन्छ । गत वर्ष कतारमा भएको पुरुष विश्वकका लागि फिफाले ४४ करोड अमेरिकी डलर कुल पुरस्कार राशि छुट्याएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय