वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
धोनीले सन्यास नलिने भनेपछि समर्थकमा खुसी
Prabhu Bank AD

इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किङ्स (सिएसके)ले सोमबार राति डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक उपाधि जित्त्यो । उपाधि जितेपछि टिमका कप्तान महेन्द्रसिंह धोनीले आफूले अहिल्यै सन्यास नलिने बताउँदा समर्थकमा खुसीको लहर छाएको छ।

कोलकाताको नरेन्द्र मोदी स्टेडियममा गुजरातलाई ५ विकेटले पराजित गर्दा ४१ वर्षीय कप्तान धोनीले यस सिजनपछि क्रिकेटबाट सन्यास लिने अड्कल गरिएको थियो। तर उनले समर्थकको मायाका कारण अझ एक प्रयास गर्ने बताए। यस कुरालाई धोनी र चेन्नाईका समर्थकले ‘डबल सेलिब्रेसन ९दोहोरो खुसी०’ भन्दै सामाजिक सञ्जालमा खुसीयाली मनाए ।

चेन्नाईका समर्थकले धोनीको सन्यास नलिने घोषणालाई ‘एक उत्कृष्ट उपहार’ को संज्ञा दिएका छन् । ‘सिएसकेका समर्थकका अगाडि सन्यासको घोषणा नगरी उनीहरुलाई ययो पलको मजा लिन दिनु नै क्लासिक धोनी हुन्,’ एक समर्थकले भनेका छन् ।

१७१ रनको लक्ष्य पाएको चेन्नाईलाई अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै गुजरातमाथि ५ विकेटको जित निकालेका थिए । चेन्नाईले उपाधि जित्दा चेन्नाइका समर्थकले मात्रै नभइ विपक्षी टिमका समर्थकले पनि उत्तिकै खुसी मनाए । गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले पनि उनलाई ‘मेन्टर’ रहेको बताए । ‘यदि मैले धोनीसँग हारिरहेको छु भने म यसमा कुनै पश्चाताप गर्दिनँ,’ उनले भने ।

स्टेडियममा उपस्थित धेरै समर्थकले बैजनी रंगको किट नलगाई पहेंलो रंगको धोनीको टिमको जर्सी लगाएका थिए ।

धोनीले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकपको ग्लोरी उनले हाँसिल गरिसकेका छन् । उनीले दर्जनौं प्रतिभाहरुलाई मार्गदर्शन गरेका छन् । जसमध्ये धेरै अहिले भारतीय क्रिकेट टिममा मुख्य खेलाडीकै रुपमा रहेका छन् । खेलको राम्रो रणनीति बनाउनु उनको विशेषता हो ।

सिएसकेका सिरियल च्याम्पियन, कमेन्टेटर तथा पूर्व अष्ट्रेलियन क्रिकेटर टम मुडीले धोनीको प्रशंसा गर्दै भनेका छन्, ‘धोनीले टिममा युवालाई बनाइरहेका छन् भने पाकालाई सुधारिरहेका छन् ।’

समर्थकको अपार माया पाइरहेका धोनीले अझै एक सिजन खेल्ने बताए । ‘उहाँहरुले जसरी मलाई माया गरिरहनु भएको छ । मलाई पनि उहाँहरुका लागि केही गर्नुपर्छ,’ उनले भने ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय