वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
इन्टर मिलानले जित्यो कोपा इटालिया
Prabhu Bank AD

कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

इन्टर मिलान यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरेका थिए । उनले निर्धारित समयको २९औं र ३७औं मिनेटमा गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने घरेलु टोली फियोरेन्टिनाले लिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका लागि निको गोन्जालेजले गोल गरेका थिए । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।

अब फियोरेन्टिनाले आगामी जुन ७ तारिखमा वेस्ट हामसँग युरोपा कन्फरेन्स लिगको फाइनल खेल्नेछ । इन्टर मिलानले भने आगामी जुन १० तारिखमा इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय