वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
विश्वकप छनोटमा वेस्ट इन्डिज र जिम्बाब्वेकै समूह ः नेपाल
Prabhu Bank AD

 

काठमाडौँ । जिम्बाब्वेमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । क्रिकेटयुरोपले जनाए अनुसार टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज तथा जिम्बाब्वेसँगै नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् । समूह ‘बी’ मा भने टेस्ट राष्ट्रहरु आयरल्यान्ड र श्रीलंकासँगै स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

क्रिकेटयुरोपले जनाएअनुसार समूह ‘ए’ का खेलहरु हरारे तथा समूह ‘बी’ खेलहरु बुलावायोमा हुनेछन् ।

जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना गर्ने विश्वकप छनोटबाट दुई टोली भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय