उदयपुर २६ बैशाख । बिहान करिब १०: ३० बजे उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर -६, लालपता चौकबाट गाईघाट तर्फ गइरहेको बा १४ च. ९५७४ नम्बरको सेतो रंगको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको प्र.२.००१००४ प.२२९६ नम्बरको कालो रंगको यामाहा मोटरसाइकलाई ठक्कर दिँदा बाइकमा सबार
सुरुंगा नगरपालिका वडा नम्बर- ७, बसानपट्टीका ३५ वर्षीय सतलुज राम गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते रामको सिरहाको लहान सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै खुट्टा, छाती र अण्डकोषमा गम्भीर चोट लागेको छ । उपचारमा रहेको डाक्टरले जानकारी दिएका छन् । मोटरसाइकलको अगाडिको भाग पूर्णरूपमा क्षति पुगेको छ । पेय पदार्थको हव मानिने लालपता चौकमा चालकले मापसे सेवन गरेर हिडेका थिए । गाडी अनियन्त्रित भएर मोटरसाइकलको साइडमा गएर ठोकिएको थियो । सडक छेउमा लडिरहेको घाइतेलाई चालकले गाडिबाट ओर्लिएर गलत नियतले घाइते अंगलाई तानेर घिसारिरहँदा घाइते चिच्याएका थिए । होसमा रहेको घाइते रामले भने, मैले चिच्याउँदा बाख्रा चराई रहेकी एकजना महिला नजिक आएर मलाई बचाउ खोज्दा उसलाई पनि दुर्ववहार गरे । त्यसपछि सडकमा गुडिरहेको गाडि चालकहरुले उसलाई नियन्त्रणमा लिएर प्रहरीलाई फोनगरी बुझाएको, उनले थपे । लालपता प्रहरी बिटलाई फोन सम्पर्क गर्दा चालकले मापसे गरेको बताएका छन् ।
गाडी सिरहा जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सांसद तथा लहान बजाज मोटरसाइकल सोरुमका मालिक राजु गुप्ताको गाडी रहेको उदयपुर जिल्लाका एसपी ज्ञानेन्द्र बहादुर फुयालले बताए । उनले भने, गाडी र चालक नियन्त्रणमा छ । पीडितको आधारमा मुद्दा चलाउने बताए । तर उजुरी दिन गाईघाट पुगेकी घाइते सतलुज रामकी श्रीमती निर्मला कुमारी रामले भनिन्, प्रहरीले फोन गरेर बोलायो । उजुरी नदिएपछि २४ घण्टाभन्दा बढी राख्न मिल्दैन भने । त्यसपछि बिरामीलाई बेडमा छोडेर गाईघाट जिल्ला प्रहरी कार्यालय पुगे । त्यहाँ पुगेपछि मुद्दा लेखाएर दर्ता लिएन । दिनभर समयको बेर्बाद गर्यो । प्रहरी सांसदकै पक्षमा उभिएको थियो । उनीहरूले पछि मिलाउने मौखिक सहमतिमा गाडी र चालक छोड्न आग्रह गरे । तर हामीले बिरामीको उपचार र गाडी मर्मतको जिम्मा लिने ग्यारेन्टी नभएपछि आफूहरू सहमति नगर्ने भनेपछि मुद्दा फायल बिना दर्ता प्रहरीले लिएको उनले बताइन् ।

