वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भूमिहीन सुकुम्बासी तथा लघुवित पीडितहरुले बुझाए ज्ञापनपत्र
Prabhu Bank AD

बार २६ कोल्हवी । भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासी तथा लघुवित पीडितहरुको साझा संगठन रहेको रुपमा रहेको साझा जागरण अभियानले बाराको कोल्हवी नगरपालिकामा विरोध प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा रहेको पीडितहरुले कोल्हवी नगरपालिका बजारमा विरोध प्रदर्शन गरी स्थानीय सरकार प्रमुख मेयर, इलाकाप्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय बारा, वनकार्यालय बारा, जिल्ला अदालत बारा, मधेस प्रदेश मुख्यमन्त्रीको कार्यालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय भूमि आयोग, प्रधानमन्त्रीको कार्यालय लगायत सम्बन्धित सबै निकायलाई अभियानले ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा वास्तविक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा लघुवित पिडितहरुको समस्या अविलम्ब समाधान गर्न सरकारसँग माग गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ, अहिलेसम्म पटकपटक बनेको भूमिसम्बन्धी आयोगले वास्तविक मुलवासी गरिब दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले जमिन पाउनुभन्दा बारा जिल्लामा पुँजीपति दलाल भूमाफियाहरुले आर्थिक चलखेल गरेर बिघौं जमिन बिजनेस कम्प्लेक्सको रुपमा प्रयोग गर्न लालपुर्जा पाउँदै आएको छ । यसपटक पनि राष्ट्रिय भूमि आयोगको कम्जोर कानुन प्रयोग गरेर सार्वजनिक जग्गा नपाएर लालपुर्जा बनाउने प्रवृत्ति बढेको छ । यसलाई अविलम्ब रोक्नुपर्छ । त्यस्ता व्यक्तिको जग्गा कब्जा गरी स्थानीय सरकारको मातहतमा राखेर गरिब दलित जनताको आवश्यकता अनुसार बाँड्नुपर्छ भनेको छन् ।

वर्षौं र पुस्तौंदेखि बसोबास गर्दै आएको गरिब दलितहरुले लालपुर्जा पाएको छैन् । उनीहरूले लालपुर्जा पाउने व्यवस्था सरकारले गरेको भए पनि धेरै ठाउँमा स्थानीय सरकारले उठिबास लगाउने, अनावश्यक ढंगले करोडौं पैसा गरिब दलितसँग उठाउने, वन कार्यालयले समेत अदालतबाट मुद्दा चलाएर उठिबासको नोटिस जारी गर्ने जस्तो त्रसित पार्ने गतिविधिहरु भइरहेको प्रति अभियानका कोल्हवी नगर प्रमुख प्रकाश चौधरीले नगरपालिका प्रांगणमा सम्पन्न कोणसभामा आक्रोश व्यक्त गरे । अर्का अभियानता कंचन पासवानले भने, गरिब दलित समुदायमाथि तिनै तहको सरकारले नियोजित रुपमा शोषण गरिरहेको बताए ।

सरकारले गरिब दलितहरुलाई उठिबास लगाउन र खाँडी मुलुकबाट कमाएको दुईपैसा चुस्न गाउँघरमा लघुवित संचालन गरी महिला समूह मार्फत गर्न लगाएको ऋण प्रवाह मिटरव्याजभन्दा पनि सयौं गुणा खतरनाक रहेको । र, यसले पारिवारिक कलह, बच्चाहरुको पढाईमा अबरुद्ध, बैधानिक उठिबास लगाउने, लघुवित पीडितहरुले बिजुली बती तिर्न नसक्दा रात अध्यारोमा विताउनुपर्ने अवस्था बढेको कोणसभामा सम्बोधन गर्दै अर्का अभियानता प्रेम चौधरीले बताए । समस्याको समाधान बेलैमा नभए योभन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् अर्का अभियान सिकिन्द्र कुशवाहाले । यो अभियानको केन्द्रीय संजोजन राजेश विद्रोहीले गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर