वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
लिभरपुलले अर्को जित
Prabhu Bank AD

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित निकालेको छ । लिभरपुलले शनिबार राति खेलिएको खेलमा ब्रेन्टफोर्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।

उक्त खेलमा पनि लिभरपुलको जितमा इजिप्सियन खेलाडी मोहमद सलाह नै नायक बने । खेल सुरु भएको १३औं मिनेटमै उनले टोलीका लागि निर्णायक गोल गरेका थिए ।

यसअघि गत बिहीबार भएको फुलहामविरुद्घको खेलमा पनि सलाहकै गोलमा लिभरपुल विजयी बनेको थियो । सलाह लिभरपुलले घरेलु मैदानमा खेलेको पछिल्ला नौ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

लिभरपुलले प्रिमियर लिगको पछिल्लो ६ खेलमा लगातार जित हात पार्दै आएको छ । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा आसिन छ ।

लिभरपुलले यो सिजनमा अब ३ खेलमात्र खेल्न बाँकी छ । ब्रेन्टफोर्ड भने ३५ खेलबाट ५० अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय