वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
मेसीको सम्झौता पिएसजीले नवीकरण नगर्ने
Prabhu Bank AD

क्लबलाई जानकारी नदिई साउदी अरब पुगेपछि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीको करार नवीकरण नगर्ने भएको छ । आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हारपछि ३५ वर्षीय खेलाडी साउदी पुगेका थिए ।

मेस्सी पयर्टन दूतका रूपमा आफ्नो जिम्मेवारी पुरा गर्न त्यहाँ पुगेको अनुमान गरिएको थियो । तर मंगलबार उनी क्लबको अनुमति बिना नै त्यहाँ पुगेको खुलासा भएको थियो । यसका लागि क्लबले उनलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

साउदी अरब गएको भन्दै पीएसजीले गर्‍यो मेस्सीलाई निलम्बन

तर एल’एक्युप पत्रिकाले भने मेस्सीले यो घटनाका लागि थप मूल्य चुकाउनु पर्ने देखिएको उल्लेख गरेको छ । पीएसजीले यो सिजनको अन्त्यपछि उनको करार नवीकरण नगर्ने निर्णय गरेको पत्रिकाको दाबी छ ।

अर्जेन्टिनी खेलाडीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । क्लबसँग थप एक वर्षका लागि उनको करार थप गर्ने सुविधा रहेको थियो । हुन त क्लबका केही शीर्ष अधिकारीहरू यसअघि नै मेस्सीको करार नवीकरण नगर्ने पक्षमा रहेका थिए । तैपनि उनको करार नवीकरणका लागि क्लबले मेस्सीसँग छलफल जारी राखेको थियो । साउदीको भ्रमणपछि भने मेस्सीले यो सिजनको अन्त्यमा क्लब छाड्ने पक्का पक्की भएको बताइएको छ ।

दुई हप्ताको निलम्बनपछि अब मेस्सीले पीएसजीको खेलाडीका रूपमा तीन खेल मात्र खेल्न पाउनेछन् । यो समाचार मेस्सीलाई पुनः अनुबन्ध गर्ने प्रयास बार्सिलोनाका लागि सुखद् हुनसक्छ । तर, उनलाई अनुबन्ध गर्नका लागि बार्सिलोना आर्थिक संकटमा रहेको छ । बार्साबाहेक एमएलएस टोली इन्टर मियामी र साउदी क्लब अल–हिलालले पनि मेस्सीलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय