वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बार्सालाई ११ अंकको अग्रता
Prabhu Bank AD

बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई हराउँदै स्पेनिस ला लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा बार्साले ४–० शानदार जीत हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आन्द्रेस क्रिस्टिएन्सन, रोबर्ट लेवान्डोस्की र राफिनाले एक–एक गोल गरे । त्यस्तै, टोलीले गुईडो रोड्रिग्वेजको आत्मघाती गोल उपहार पाएको थियो । एडगर गोन्जालेसले दुईवटा पहेँलो कार्ड पाएपछि खेलको ३३ औँ मिनेटमा बेटिस १० खेलाडीमा सीमित बनेको थियो ।

खेलमा लामिन यामाल ला लिगामा बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । ८४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका यामाल १५ वर्ष २९० दिनका हुन् । उनी लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन् । यसअघि सन् २०२० मा रियल मड्रिडविरुद्ध मायोर्काका लुका रोमेरो ला लिगामा सबैभन्दा कम उमेरमा लिग खेल्ने खेलाडी बनेका थिए । उनी १५ वर्ष २१९ दिनका थिए ।

जीतपछि बार्सिलोनाको ३२ खेलबाट ७९ अंक रहेको छ । योसँगै बार्साले लिग जित्ने नजिक पुगेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय