वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
उपनिर्वाचन सम्पन्न, तीन वटै क्षेत्रका मतदातामा देखिएन उत्साह
Prabhu Bank AD

काठमाडौं । तनहुँ १, चितवन २ र बारा २ मा आइतवार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। निर्वाचन अधिकारीहरुका अनुसार तनहुँ १ मा ५१ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए। मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुने उनले जानकारी दिए।  तनहुँ १ मा ९ जना उम्मेदवार छन्। जहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ।

यस्तै, बारा २ मा झण्डै ५६ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत एवम् बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायका अनुसार केही मतदाता लाइनमा बसेकाले यो संख्या बढ्छ। ‘‘पाँच बजेसम्म ५६ प्रतिशत मत खसेको छ, केही मतदान केन्द्रमा छिटफुट मतदान जारी छ,’ उनले भने, ‘तथ्यांक आउँदैछ केही बढ्छ।’

बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन्। उपनिर्वाचनमा मंसिरको निर्वाचनमा भन्दा कम मत खसेले मतदातामा उत्साह नदेखिकएको हो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहित उपचुनावमा ३४ जना उम्मेदवार छन्।

उता, चितवन २ मा पाँच बजेसम्म ७३ हजार ३५९ जनाले मतदान गरेका छन्। गत मंसिर ४ मा भएको चुनावमा भन्दा यी तीनै क्षेत्रमा कम मत खसेको हो।

Prabhu Bank AD

सम्बन्धित खवर