वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अमेरिकी उपमन्त्री नुल्यान्डले क-कसलाई भेटिन र के के भनिन् ?
Prabhu Bank AD

 

 

 

 

काठमाडौँ । नेपाल भ्रमणमा आएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीन विषय उठाएकी छन्।

उनले उक्त भेटका क्रममा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने, कतिपय विश्वराजनीतिक विषयमा साथ दिनुपर्ने कुरा राखेकी छन्। त्यसैगरी उनले नेपालको शान्ति प्रक्रियाप्रति पनि चासो राखेकी छन्। यो भेटका क्रममा यी तीन विषयबाहेक नेपालको विकास निर्माणमा आर्थिक सहयोग निरन्तरतासहितका विषयमा पनि दुईजनाबीच बालुवाटारमा कुरा भएको छ। प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका क्रममा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले यीनै मुख्य तीन विषयमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ।

नुल्याण्डले नेपालको भूराजनीतिक क्षेत्रीय चासोबारे पनि प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सरोकार राखेकी थिइन्। उनले यो भेटका क्रममा पछिल्लो विश्व भूराजनीतिक घटनाक्रमबीच आफ्नो मुलुकलाई प्राथमिकतामा राख्न पनि प्रचण्डलाई आग्रह गरेकी छन्। उहाँले नेपालको प्राथमिकतामा अमेरिका पर्नुपर्ने धारणा राख्नुभयो’, स्रोतले भन्यो, ‘कतिपय अन्तर्राष्ट्रिय मामिलामा तटस्थ बस्दिनुपर्‍यो भन्ने थियो।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूहरुले छिमेकी देशसँगको सम्बन्धलाई पञ्चशीलको आधारमा अघि बढाइरहेको बताएका छन्।

‘हामी सकारात्मक छौँ तर, छिमेकी देशसँग सन्तुलन कायम गरेर अघि बढ्छौं,’ प्रधानन्त्रीले जवाफ दिँदै भने, ‘विषयवस्तुका आधारमा साथ र सहयोग हुन्छ।’

नेपालले लिएको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने जोड प्रधानमन्त्रीको थियो। ‘हाम्रो मुलुकको आफ्नै नीति छ, त्यहीअनुसार हामी अघि बढ्छौँ, मुलुकको हित प्राथमिक हुन्छ,’ प्रधानमन्त्रीले भने।

भेटमा नेपालको विकासका लागि अमेरिका तयार रहेको पनि उपविदेशमन्त्रीले बताएकी थिइन्।

अमेरिकाले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन भइरहेको प्रयासप्रति सकारात्मक रहेको बताउँदै कतिपय विषयहरुको सम्बोधन गर्नुपर्ने उनको आग्रह थियो।

‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारबाट भइरहेका काम सकारात्मक छन्, कतिपय विषयमा आममानिसको आवाज सम्बोधन हुँदा अझै राम्रो हुन्छ,’ उनले भनिन्, ‘यसको निष्कर्षम पुर्‍याउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहन्छ।’

जवाफमा प्रधानमन्त्रीले नेपालकै मौलिकतामा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रष्ट पारे।

‘हाम्रो आफ्नै मौलिकतामा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँछौँ,’ प्रधानमन्त्रीले थपे यसमा अन्तर्राष्ट्रिय भ्यालुजलाई कायम राखेर अघि बढ्छौं।’

त्यस्तै उपविदेशमन्त्री नुल्यान्डले नेपालको विकासमा अझै सहयोग गर्ने बताइन्। ‘नेपालको विकसमा सहयोग गर्न तयार छौँ,’ नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष भएको छ, अझै दुई मुलुकबीचको हीतमा सहयोग हुन्छ ।परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय