वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
आफू अनुकुलकाे सरकार बनाउन भारतीय अधिकारीहरुकाे काठमाडौंमा ओइराे
Prabhu Bank AD

काठमाडौं । निर्वाचन सकाएर नेपालका राजनीतिक पार्टीहरु नयाँ सरकार बनाउने तयारीमा जुटिरहेकाे बेला आफू अनुकुलकाे सरकार बनाउन भारतीय अधिकारीहरुकाे ओइराे लागेकाे छ । उनीहरुले गाेप्य भेटघाट तीव्र पारेका छन् । आफू अनुकुलका उमेदवारहरुलाई चुनाब जिताउन भुमिका खेलेका उनीहरुले अब आफ्नाे स्वार्थ अनुकुलकाे सरकार बनाउन दाैडधुप बढाएका छन् ।

निर्वाचनअघि नै भारतको सत्तारुढ बिजेपीका कोषाध्यक्ष राजेश अग्रवालदेखि अस्ति सोमबार पूर्वलेफ्टिनेन्ट जर्नेल एसएल नरसिंह र सतिशचन्द उप्रेतीसम्म दर्जन बढीको आवतजावत भएको छ । भारतीय राजदूतका रूपमा नेपालमा बहुचर्चित कार्यकाल गुजार्ने दुई कूटनीतिज्ञ लामो समयदेखि काठमाडौंमै छन् । अहिले आइपुगेका भूपू जर्नेल नरसिंहन अजित डोभाल प्रमुख रहेको भारतीय सुरक्षा सल्लाहकार समूहका सदस्य पनि हुन् । उनलाई चीनविज्ञका रूपमा चिनिन्छ ।

केही समय बेइजिङस्थित भारतीय दूतावासमा सैनिक सहचारीको जिम्मेवारी वहन गरिसकेका उनी चिनियाँ भाषा राम्रोसँग बोल्न जान्दछन् । भारत–चीन सम्बन्धकै विषयमा विद्यावारिधि गरेका छन् । १८ वर्षदेखि चीनबारे गहिरो जानकारी राख्दै आएका उनी भारत र चीनबीच हुने कूटनीतिक छलफलमा प्रायः सहभागी हुन्छन् । हवाई रक्षा प्रणालीका विज्ञ पनि हुन् । नरसिंहन र उप्रेती अस्ति सोमबार भारतीय भूमि गोरखपुरबाट स्थलमार्ग हुँदै भैरहवा छिरेका थिए र त्यहाँबाट बुद्ध एयरको उडानबाट काठमाडौं आइपुगेका हुन् । बौद्धस्थित होटल हायातमा बसेका छन् । यसअघि पनि नरसिंहन काठमाडौं आए र चुनावी सरगर्मीको शुरुवातकालमा आउँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टी खोलेका डा.बाबुराम भट्टराईसँग भेटेका थिए ।

अर्कातिर, पूर्वभारतीय राजदूत राकेश सुदसहितको टोली केही सातादेखि बत्तीसपुतलीस्थित होटल द्वारिकाज, भिभान्ता र गोकर्ण रिसोर्टमा सर्दै बसेको छ । क्रिमिनल लयर्सका रूपमा ख्याति कमाएका प्रवेश चढ्ढा पनि उनीसँगै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजय डोभालका सेकेण्डम्यान पंकज शरण पनि काठमाडौं आउने तयारी छ । उनी यसअघि आउँदा हालै धनकुटाबाट चुनाव हारेका कांग्रेस नेता सुनील थापा, मोरङबाट टिकट नपाएपछि रन्थनिएका डा.मिनेन्द्र रिजालहरूले विमानस्थलमा स्वागत गरेका थिए । चुनावकै बीचमा अर्का पूर्वराजदूत रञ्जित रे आएका थिए । उनीहरु गाेप्य रुपमा भेटघाट बढाइरहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर