वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
समानुपातिक उम्मेदवारको सूचीबाट ५४८ जना उम्मेदवारको नाम किन हटाइयो ?
Prabhu Bank AD

काठमाडौंं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको सूचीबाट ५४८ जना उम्मेदवारको नाम हटाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।

थपलियाले लेखेका छन्, ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ।’

आयोगले यही कात्तिक नौ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने जानकारी दिएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय