काठमाडौँ । नेपाल–चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल–चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।

