वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
नेपाल राम समाजको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Prabhu Bank AD

सप्तरी १५ असोज । नेपाल राम समाजको विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारको रजैया धाती सामुदायिक भवनमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला स्तरीय राम समाजका अगुवा नेताकार्यकर्ता, समाजिक व्यक्तित्व, कर्मचारी, बुद्धिजीवी हरुको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

पत्रकार तथा समाजिक अभियानता राजदेव रामको प्रमुख आतिथ्य र प्रथमलाल रामको अध्यक्षता, अतिथिहरु संजय राम, दरो राम, रुन्दी राम, रामकुमार राम, रामप्रसाद राम, राम भगत राम, शिवशंकर राम,चलितर मण्डल,अर्जुन राम, चन्द्र नारायण राम लगायतका सयौंहरुको उपस्थित रहेका थिए ।

सबैले दशैको शुभकामना एकआपसमा आदानप्रदान गरेका थिए भने चुनावी मुखमा रहेको दशै दुर्गाले राक्षसलाई जसरी बध गरेका थिए त्यसरी नै यसपटकको चुनाव दलित समुदायले आफ्नो भोट आफ्नो सक्षम उमेदवारलाई दिएर राजनीतिमा रहेको राक्षसीकरणको बध गर्ने प्रतिबद्ध सहित कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर