वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बाबरले बराबरी गरे कोहलीको अर्को कीर्तिमान
Prabhu Bank AD

 

पाकिस्तानको क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतका पूर्व कप्तान विराट कोहलीको अर्को कीर्तिमान बराबरी गरेका छन् । इंग्ल्याण्डविरुद्ध शुक्रबार खेलिएको छैटौँ टी–२० खेलमा बाबरले अन्तर्राष्ट्रिय टी–२० खेलमा ३ हजार रन पुरा गरेका हुन् ।

उनले ८१ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । योसँगै उनले सबैभन्दा कम खेलमा ३ हजार रन पुरा गर्ने कोहलीको कीर्तिमान बराबरी गर्न सफल भए । बाबर टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार रन बनाउने एक्लो पाकिस्तानी खेलाडी पनि हुन् ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा भारतका वर्तमान कप्तान रोहित शर्मा शीर्ष स्थानमा रहेका छन् । उनले ३ हजार ६९४ रन बनाएका छन् । कोहली ३ हजार ६६३ रनसहित दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ४९७ रन बनाएका छन् भने बाबर ३ हजार ३५ रनसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा पल स्टर्लिङ रहेका छन् । उनले ३ हजार ११ रन बनाएका छन् ।

 

 

 

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय