डिफेन्डर म्यानुएल एकान्जी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीले एकान्जीलाई अनुबन्ध गरेको हो । एकान्जीले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीए एकान्जीलाई सिटीले सिजनको पाँचौं खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
उनले डर्टमण्डका लागि लागि १५८ खेल खेलेका थिए । राष्ट्रिय टोलीका लागि भने उनले ४१ खेल खेलेका छन् । एकान्जी लामो समय देखि सिटी आउने चर्चा थियो ।

