वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बेलायतमा नेपाली एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर
Prabhu Bank AD

चर्चित तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’को बेलायतमा प्रिमियर गरिएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा आयोजित रेड कार्पेटसहित भव्य समारोह गरी चलचित्रको प्रिमियरमा सहभागी अधिकांश दर्शकहरुले चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिए।

प्रिमियर शोमा छ सयभन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो । दर्शकहरुको सकरात्मक प्रतिक्रियाले आफ्नो आत्मविश्वास बढाएको र आगामी दिनहरू योभन्दा अझ राम्रो चलचित्र निर्माणको लागि हौसला मिलेको चलचित्रका मुख्य कलाकार एवं निर्माता राजकुमार राईले बताए । चलचित्रको पहिलो प्रिमियर शो भव्यताका साथ सफल भएसँगै अब बेलायतका अरु विभिन्न सहरहरुमा पनि चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्र निर्माण टिमले जनाएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपाल लगायत विभिन्न देशमा समेत छायाँकन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास राखिएको छ । युवराज राई ९वीरबहादुर० द्वारा निर्देशित चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन् । एक सैनिकको संघर्षलाई चलचित्रको कथावस्तु बनाइएको हो। चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पूर्ण लिम्बु लगायतका कलाकारको अभिनय छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय