वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
उच्च बहावसँगै सप्तकोशीको कटान तीव्र
Prabhu Bank AD

 

अविरल वर्षासँगैको बाढीले सप्तकोशीको बहाव उच्च बनेको छ । यससँगै सप्तकोशीले कटान गर्न थालेको छ । कटान नरोकिँदा बस्तीहरु थप जोखिममा पर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । उदयपुरको बेलका नगरपालिका १ स्थित डुम्रीबोटे क्षेत्रमा निरन्तर नदीले कटान गरिरहेको छ । बेलका र बहारक्षेत्रमा गरी बाढीले करिब २० हजार स्थानीय जोखिममा परिसकेका छन् ।

यसैबीच सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं। १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गरेका छन् । एक प्रेस नोटमार्फत मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । उनले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई जानकारी गराइएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय