वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
सिरहाका केन्द्रीय सदस्य सहित जसपा परित्यागगरी बाबुराम भट्टराईको नेसपामा प्रवेश
Prabhu Bank AD

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्यागगरी सिरहामा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहित डाक्टर बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) मा प्रवेश गर्ने निर्णय लिएको छ ।

१९ गते सिरहाको गोलबजारमा एक कार्यक्रम गरी सामूहिक रुपमा सबैले राजिनामा दिएर नेसपामा प्रवेश गरेका छन् । जसपा परित्याग गरी नेसपामा प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्य रोहित महतो, केन्द्रीय अनुशासन आयोग सदस्य डा. जयनरायन यादव, प्रदेश सदस्य मनोज महतो, प्रदेश सदस्य बिन्दु साह, जि.युवा नेता पवन भण्डारी, पुर्व नगर अध्यक्ष-संजिव यादव,जि. सदस्य रामनारायण यादव, जि. सदस्य हेमन्त श्रेष्ठ, जि. सदस्य-बिक्रम महरा, नगर सह सचिव सतिराम यादव लगायतका छन् ।

पार्टी परित्याग गर्नेहरूले जसपा यादव समुदायको पार्टी मात्र रहेको । मधेसको अरु समुदायलाई समेट्न नसकेको । पार्टीको हरेक प्रमुख जिम्मेवारी देखि राजनीतिक नियुक्तिमा समेत आफ्नो आसेपासे यादवहरुको भर्ती केन्द्र मात्र बनाएको । उपेन्द्र यादव मधेसमा पहाडी अहंकारवादी प्रवृत्तिको अर्को नाईके बनेको । मधेस सरकार सिंहदरबार भन्दा ठूलो भ्रष्टाचारी साबित भएको आदि आरोप लगाएका छन्,पार्टी परित्याग गर्नेहरुले ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय