काठमाडौं: बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले बिहीबार बेलुकीदेखि शनिबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहे तापनि मुख्य जोखिम उच्च हिमाली क्षेत्रमा रहेको छ। त्यहाँ बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहन सक्ने उनले बताइन्।
वरिष्ठ मौसमविद् पोखरेलले भनिन्, “अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क भने रहनुपर्छ।” मौसममा आउने परिवर्तनलाई मध्यनजर गर्दै विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा स्थानीय बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको छ।
ताजा अपडेट
लाेकप्रिय
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.


