वि.सं.२०८३ कात्तिक ७ शुक्रवार
Shivam
Dish Home Long Ad
TaTa
दाउन्ने दुर्घटनाको मृतक ६ मध्ये ५ जनाको पहिचान खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेहरूमा भेरीगङ्गा नगरपालिका–३ जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका–३ बाँकेका ३२ वर्षीय दीपेन्द्र केसी, स्वामीकार्तिक खापर गाउँपालिका बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका–१० बाँके का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ बाँकेका २२ वर्षीय कृष कनौजिया रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान एका एक पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दियो ।
दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

Agni

सम्बन्धित खवर