वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa

असोज १७ गते सूचना जारी गर्दै सम्झौता अनुसार काम नगर्ने ५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने विभिन्न ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज १७ गते सूचना जारी गर्दै असोज १६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

सडक डिभिजन जुम्लाको सिफारिसमा तीन वटा निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। मैना शाही मुख्य व्यक्ति रहेको ‘विनम्र निर्माण सेवा, सुर्खेत’ लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। ध्रुवप्रसाद कँडेल मुख्य व्यक्ति रहेको ‘ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर–०३’ सुर्खेत–२ वर्षका लागि तथा चण्डिका शाही (मल्ल) मुख्य व्यक्ति रहेको ‘अविनाश निर्माण सेवा, छाथानाथ रारा–१, मुगु १ वर्षका लागि कालोसूचीमा परेका छन्।

तिलागुफा नगरपालिका, कालिकोटको सिफारिसमा गोर्ख बहादुर वटाला मुख्य व्यक्ति रहेको ‘वटाला निर्माण सेवा, खाँडाचक्र–०१, कालिकोट’ ३ वर्षका लागि कालोसूचीमा परेको छ । त्यस्तै पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा सुरेशबाबु श्रेष्ठ मुख्य व्यक्ति रहेको ‘बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.,भिमसेन थापा–०५, गोर्खा’ लाई पनि ३ वर्षकै लागि कालोसूचीमा राखिएको छ।

विभिन्न सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूमाथि कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Agni

सम्बन्धित खवर