वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बालेन साहलाई कारबाही गर्न माग गर्दै निर्वाचन कार्यालयमा उजुरी
Prabhu Bank AD

काठमाडौं । धर्मराज तिमिल्सिनाले काठमाडौं महानगरका पूर्व प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीले लोकतान्त्रिक बहसको मर्मविपरित गई घृणा फैलाउने, मानहानी गर्ने, अपुष्ट आरोप लगाउने तथा निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने कार्य गरेको देखिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका प्रमुख नेताहरुबीच पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिवेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सकारात्मक अभिव्यक्ति दिएकोमा बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै आज तिमिल्सिनाले उजुरी दर्ता गराएका हुन् ।

बालेनले ओलीको सार्वजनिक आह्वानको फेशबुक पोष्टमा रिप्लाई गर्दै राखेको धारणासमेत निवेदकले उद्धरण गरेका छन् । बालेनले लगाएको ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता गम्भीर आपराधिक र तथ्यहीन आरोपहरु कुनै प्रमाण वा अदालतको निर्णयबिनै सार्वजनिक रुपमा लगाइनु स्वयममा मानहानी, राजनीतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको उनको दाबी छ ।

बालेनको अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, एउटा वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने, निर्वाचन निश्पक्ष, स्वतन्त्र र भयमुक्त रुपमा सम्पन्न हुने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने पनि उनको दाबी छ ।
नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्पष्ट व्यवस्था पनि उनले उल्लेख गरेका छन् ।

निवेदक तिमिल्सिनाले बालेनले दिएको उक्त अभिव्यक्तिको तथ्यपरक छानविन गरिनुपर्ने, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनविपरित ठहर भएमा बालेन शाहलाई आवश्यक कारबाी गरिनुपर्ने पनि माग गरेका छन् । आयोगले यो निवेदन दर्तासमेत गरेको छ । दर्ता नम्बर भने २०३४ रहेको उल्लेख छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय