वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु
Prabhu Bank AD

 

 

८ साउन, काठमाडौं। धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका(३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय