काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्र विक्रम चन्द (विप्लव(ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन्।
देश बेच्न पाइँदैन भनेर अमेरिकी सहायता परियोजना एमसीसी जस्तो राष्ट्रघाती सम्झौताविरुद्ध लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्ने चन्दले बताएका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडेका आफ्ना कार्यकर्तालाई रिहा गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुनरु भनेर पटकपटक प्रश्न गरे।
महासचिव विप्लवले उक्त आन्दोलनका क्रममा गिरफ्तार आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै तिर्न गाह्रो भएको अभिव्यक्तिसहित आक्रोश व्यक्त गरे।
‘एमसीसीविरुद्ध हामी टाउको फुटुञ्जेल लड्यौँ, हात भाँचिउञ्जेल लड्यौँ, खुट्टा भाँचिउञ्जेल लड्यौँ। हाम्रा साथीहरु जेल पर्नुभयो। धरौटी पनि कति माग्ने ? १० लाख माग्ने क्याु, उनले भने, ‘एउटा विद्यार्थीलाई १० लाख धरौटी तोक्ने न्यायाधीश को होरु एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को होरु यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ।’
देश बेच्न पाइँदैन भनेर जुलुस गर्दा गिरफ्तार हुने मान्छेलाई ३ लाख धरौटी माग्ने भन्दै उनले आक्रोश पोखे। ‘नभएको कुकर बम बनाएर भिडाइ दिने हो ? यसले के देखाउछ भने नेपालमा दलालहरु चारैतिर छरिएर बसेका छन्, उनले भने, ‘दलालहरूको सल्लाह छ हाम्रो विरुद्ध षडयन्त्र गर्न एक भएर लागिरहेका छन्।’
महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहोर्याए। उनले क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको दावी गरेका छन्।

