वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडानहरू बन्द
Prabhu Bank AD

 

काठमाडौं। वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किए पछि उडान बन्द भएको छ। जसका कारण मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको हो।

विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको बताए । उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ । ‘पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ । शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ । अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘के कारण आयो, त्यो त भौगर्भिक अध्ययनले देखाउला,’ उनले भने, ‘भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ । अहिले भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने तयारी पनि छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्यअघि बढ्दा स्थानीय जनप्रतिनिधि, वीरेन्द्रनगरका राजनीति दलका नेता तथा स्थानीयहरूले सहयोग नगरेपछि विस्तार कार्य रोकिएको थियो ।

उक्त धावनमार्ग विस्तारका लागि केन्द्र र प्रदेश सरकारले करोडौँ रकम विनियोजन गरेका थिए । तर विस्तार कार्य अघि बढाउन नदिइएपछि स्थगित गरिएको थियो । यद्यपि पछिल्लो पटक त्यही धावनमार्गलाई विस्तार गर्नुपर्नेतर्फ मुख्यमन्त्री यामलाल कँडेल लगायत नेता तथा स्थानीयहरू सहमत देखिन्छन्

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय