वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
असारे हिलोमा यसरी बेपर्वाह रमाए पर्यटक (फोटोफिचर)
Prabhu Bank AD

पोखरा । पोखरामा १० रोपनी खेत खनजोत गरेर धान रोप्न ठिक्क पारिएको हिलोमा विदेशी पर्यटकहरुले हिलो छ्यापाछ्याप गरेर रमाइलो गरेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्ने रोपाइँ महोत्सव यस वर्ष पोखरा–२५ हेमजाको माइस्थान फाँटमा गर्‍यो ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाइँ महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव बुधबार भएको हो । महोत्सवमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति थियो ।

महोत्सवमा हिलो खेलेर स्वदेशी र विदेशी पर्यटकहरू रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, रस्सी तान्ने प्रतियोगिता महोत्सवको आकर्षण देखियो ।

हिलो दौड प्रतियोगितामा विदेशी पुरुष एवं महिलाहरू पनि सहभागी भएका थिए । यस अवसरमा हेमजाका उत्कृष्ट कृषकलाई परिषद्‍ले सम्मानसमेत गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर