वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
लहानको बालबिटोरी जग्गा बारे मेयरलाई ध्यानाकर्षण पत्र
Prabhu Bank AD

लहान सिरहा । सिरहाको लहान नगरपालिकामा रहेको बालबिटोरी जग्गा विवाद तथा रोकुवा फुकुवा बारे मेयर महेश चौधरीलाई संघर्ष समितिले कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । लामो समयदेखि संघर्ष गरिरहेको संघर्ष समितिले तीन तहकै सरकारलाई पटकपटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको प्रति पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।

राज्य/सरकारले भूमि सम्बन्धि थुप्रै वर्गीकरण गरेकोले सर्वसाधारण नागरिक ठूलो मारमा छन् । सरकारलाई कर, नेतालाई कुर्सी र भोट देखि मतलब मात्र देखिएको छ । गाउँब्लोक तथा बालबिटोरी, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी, विभिन्न गुठी तथा मोहीयानी लगायतका हक सम्बन्धि ठूलो भूमि सम्बन्धि समस्या सर्वसाधारण नागरिकमा रहेकाले यसको यथाशीघ्र समाधान गर्नुपर्नेमा सरकारले बेवास्ता गरेर चरम दु:ख दिएको संघर्ष समितिका अध्यक्ष विजय गुप्ताले बताए ।

नगरपालिकाले पनि पहल गरिरहेको र केही कानुनी उल्झन रहेकाले समस्या भइरहेको मेयर महेश चौधरीले बताए । यो ठूलो समस्या छ । पीडामा छन्, जनता । हामीले हाम्रै कार्यकालमा बलबुताले भएसम्म समाधान गर्ने सोचेका छौ । राजनीतिक अस्थिरताले सरकार फेरबदल भइरहने कारणले बालबिटोरी, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित लगायतका भूमि सम्बन्धि समस्याहरुको समाधान ओझेलमा परिरहेको उनले थपे ।

Prabhu Bank AD

सम्बन्धित खवर