वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
मापदण्ड विपरित सञ्चालन गरिएका पसललाई जरिवाना
Prabhu Bank AD

सिरहा ः सिरहाको लहानमा मापदण्ड विपरित सञ्चालन गरिएका तीनवटा पसललाई नगरपालिकाले जरिवाना तिराएको छ । नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा अखाद्य बस्तु बेच्ने दुईवटा होटल र खसीको भनेर बाख्राको मासु बेच्ने पसललाई जरिवाना गरिएको हो ।

अनुगमन टोलीले लहान—१ स्थित सतसाहेव होटलमा अखाद्य रंग भान्सामा भेटिएको र खेसरीको दाल गोदाममा पाइएकोले उक्त होटललाई रू पाँच हजार तथा यहाँ सञ्चालित ‘बर्गर हाउस एण्ड क्रञ्ची फ्राइड चिकेन’मा एउटै तेल बारम्बार प्रयोग गरिएका पाइएपछि रू ११ हजार जरिवाना गरिएको छ । त्यसैगरि लहान—२ स्थित तरकारी हटिया छेउको अहमद रजक मासु पसलले खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र मासु पसल दर्ता समेत नगरेको फेला परेपछि रू पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

उक्त पसललाई १५ दिनभित्र दर्ता गरेर नगरपालिकामा उपस्थित हुन निर्देशन समेत दिइएको छ । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रसाशन कार्यालय लहान सहितको संयुक्त टोलीले चाडबाड लक्षित बजार अनुगमन गरेको हो ।

खाद्यान्न गोदाम, किराना पसल, होटल, फलफूल पसल लगाएतमा टोलीले अनुगमन गरेको थियो । अधिकांस होटल तथा पसलहरुमा सरसफाईको कमी रहेकाले पहिलोपटकलाई चेतावनी मात्र दिएको र उपभोक्ताको स्वास्थ्यमाथि गंभिर लापरबाही गर्ने पसलहरुलाई कानुन अनुसार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय