फ्रान्सेली खेलाडी पाउल पोग्बा यतिबेला इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेको छ । सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिसकेपछि उनले युभेन्ट्स जाने तयारी गरेका हुन् ।
यसअघि पनि पोग्बा युभेन्ट्सबाट युनाइटेड कीर्तिमानी मुख्य ८६ मिलियन युरोमा गएका थिए । प्रिमियर लिगमा जम्न नसकेका पोग्बाट अब आफ्नो पुरानै लयमा फर्कन इटाली जाने योजनामा रहेको ‘डेली मेल’ ले जनाएको छ ।
युभेन्ट्सले पोग्बालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बनाएको छ । पोग्बाले सन् २०१२ देखि २०१६ सम्म युभेन्ट्सका लागि खेलेका थिए । त्यसपछि प्रिमियर लिग आएका पोग्बा जम्न सकेनन् । उनले १५४ लिग खेल खेल्दै युनाइटेडका लागि जम्मा २९ गोल गरे ।
पोग्बालाई जतिबेला पनि रियल मड्रिडले अफर गर्न सक्ने डेली मेलले जनाएको छ । रियलले पनि मिडफिल्डरको खोजि गरिरहेको समयमा उनलाई अफर गर्नसक्ने बताइएको छ ।

