वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
पश्चिमा मुलुकले नसोचेको परिणाम भोग्नुपर्ने रुसको चेतावनी
Prabhu Bank AD

 

रुसले युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै अमेरिका तथा उसका सहयोगी मुलुकले अहिलेसम्म नसोचेको परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

आधिकारिक कूटनीतिक नोट जारी गर्दै रुसले अमेरिका तथा उसका सहयोगी मुलुकलाई चेतावनी दिएको हो।

अमेरिकी विदेशमन्त्रालयलाई रुसले पठाएको दुई पृष्ठको कूटनीतिक नोटमा अमेरिका र नेटोले युक्रेनलाई पठाइरहेको हतियारले युक्रेनमा जारी द्वन्द्वमा आगोमा घिउ थप्ने काम गरिरहेको उल्लेख गरिएको छ। यसले नसोचेको परिणाम निम्त्याउन सक्ने रुसले बताएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलरबराबरको हतियार सहयोग गर्ने घोषणा गरेका थिए। त्यसकै जवाफमा रुसले अमेरिकालाई कूटनीतिक नोट पठाएको हो।

पहिलोपटक अमेरिकाले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने अत्याधुनिक हतियार प्रदान गर्न लागेको हो।

अमेरिकी अधिकारीले भने पछिल्लो समय नेटोले युक्रेनलाई दिइरहेको सहयोग प्रभावकारी बन्दै गएको रुसको पत्रले देखाएको बताएका छन्।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म अमेरिकाले ३ अर्ब डलरभन्दा धेरैको हतियार युक्रेन पठाइसकेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर