वि.सं.२०८३ साउन ११ सोमवार
Dish Home Long Ad
एसियाको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती
Prabhu Bank AD

 

काठमाडौं । नेपालमा सुकुम्बासी समस्यालाई राजनीतिक दलहरुले भोट बैंकका रुपमा चलखेल गर्दा वर्षौंदेखि समाधान हुन सकेको छैन। नदी किनारमा अवैध जग्गा ओगटेर घरटहरा बनाउने र कुनै राजनीतिक दलको ओत लागेका सुकुम्बासीले सरकारी निकायले भत्काउन सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गर्दै आएका छन्। सुकुम्बासीको ट्याग लगाएर बागमती किनारमा घरटहरा बनाई भाडामा लगाउने र कुस्त आम्दानी लिने गैरसुकुम्बासीका कारण समस्या समाधान हुनुको साटो बल्झिँदै गएको छ।

भूमिहीन, दलित र सुकुम्बासी समस्या समाधान गर्न सरकार परिवर्तनपिच्छे आयोग गठन हुँदै आएका छन्। ३० वर्षमा १३ वटा सुकुम्बासी आयोग गठन भए पनि राजनीतिक दल आफू सरकारमा हुँदा चासो नदिने र सरकारबाट हट्नासाथ सुकुम्बासीलाई अगाडि सारेर बखेडा झिक्दा समस्या समाधानले गति लिन सकेको छैन। सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २७ ठाउँमा सुकुम्बासीको बसोबास रहेको छ। ती ठाउँमा ३ हजार ४६६ परिवार अव्यवस्थित रुपमा बस्दै आएको बताइन्छ।

काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ।

२०६० सालदेखि थापाथलीको बागमती किनार अतिक्रमण गरी उनीहरुले बस्ती बसाल्न थालेका थिए। नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समयमा भारतको राजधानी मुम्बईमा भने एसिया क्षेत्रकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।

भारतको आर्थिक राजधानी मानिने मुम्बईको केन्द्रमा ५५० एकड क्षेत्रफलमा अवस्थित धारावीमा रहेको सुकुम्बासीमा ५८ हजारभन्दा बढी सुकुम्बासी घर छन् भने १२ हजारभन्दा बढी व्यावसायिक संघसंस्था। यहाँ औषधी, छालाजन्य सामग्री, जुत्ता र लत्ताकपडा बनाउने स–साना स्तरका कैयौं असंगठित उद्योग पनि छन्। यी उद्योगमा सुकुम्बासीले रोजगारी पाउँदै आएका छन्।

अडानी समूहले ५ हजार ६९ करोडमा सुकुम्बासी कायाकल्पको जिम्मेवारी लिएको छ। अब अडानी समूहले धारावी बस्तीको तस्बिर परिवर्तन गर्ने भएको छ। यो बस्ती बेलायती उपनिवेशकालमा बसेको हो, जुन अहिले एसियाकै सबैभन्दा ठूलो र विश्वको तेस्रो ठूलो बस्ती बनेको छ।

धारिलो टिनले बनेको छत, प्लास्टर नगरिएका पर्खालहरू। साँघुरा गल्ली र ती गल्लीहरूमा एकअर्कासँग ठोक्किँदै बाहिर निस्केका मानिसहरू। यो धारावीको कथा हो। त्यही धारावी जसलाई मुम्बईको ुहर्टु र ुछोटा इन्डियाु पनि भनिन्छ। यो बस्ती मुम्बईका अग्ला भवनहरूको बीचमा अवस्थित छ। यदि तपाईं मुम्बईमा हुनुहुन्छ र कम लागतमा आफ्नो टाउकोमा छत चाहनुहुन्छ भने धारावी सबैभन्दा राम्रो गन्तव्य हो। दैनिक ज्यालादारी गर्ने लाखौं मजदुर र साना व्यवसायीहरू यहाँ बस्छन्।

यहाँ न शिक्षाको स्तर राम्रो छ न सरसफाइ। अब यो धारावी पुनर्जीवित हुन लागेको छ। अडानी इन्फ्राले यो काम गर्नेछ। अडानी इन्फ्राले ५ हजार ६९ करोड भारुको बोली लगाएर यो परियोजना हात पारेको हो। धारावी पुनर्विकासको योजना सन् २००४ देखि चल्दैकोमा बल्ल अहिले टेन्डर स्वीकृत भएको हो।

धारावीमा कति मानिस बस्छन् भन्ने ठ्याक्कै आकडा छैन। यहाँ ६ देखि १० लाख मानिस बस्ने अनुमान छ। धारावीमा ५८ हजार परिवार र करिब १२ हजार व्यावसायिक कम्प्लेक्स छन्।

धारावी करिब ५५० एकडमा अवस्थित छ। यो बस्ती सन् १८८२ मा अंग्रेजहरूले बसाएका थिए। यसलाई स्थापना गर्नुको उद्देश्य मजदुरलाई किफायती ठाउँ दिनु थियो। बिस्तारै यहाँ मानिसहरु बस्न थाले र ठूलो बस्ती बन्न गयो। धारावीको जग्गा सरकारी छ तर यहाँ जनताले आफ्नै खर्चमा घर बनाएका छन्। यहाँ यति धेरै स(साना घरटहरा छन् कि जमिन देख्न मुस्किल पर्छ। ५५० एकडमा फैलिएको धारावीमा एक किलोमिटरको दायराभित्र दुई लाखभन्दा बढी मानिस बस्छन्। यसबाट नै कति धेरै जनसंख्या होला अनुमान गर्न सकिन्छ।

धारावी एउटा अव्यवस्थित बस्ती हो र यो जिद्दी मानिसहरूको उपनिवेश हो। यहाँको साँघुरो गल्लीमा दैनिक ज्यालादारी गर्ने मजदुर अनि व्यापार गर्नेहरू बस्छन्। महिम र सायन धारावीको दुई छेउमा बनेका रेलवे स्टेसन हुन्। यहाँबाट दैनिक लाखौं मानिस धारावी जाने गर्छन्। यहाँ यति धेरै भीड छ कि भित्र जान ठूलो हिम्मत चाहिन्छ।

मुम्बईजस्तै धारावी पनि कामको पछि दौडिने मानिसहरूको उपनिवेश हो। फरक यति हो कि मुम्बई सहरमा बस्ने मानिसहरू फ्ल्याट र राम्रा घरहरूमा बस्छन् र धारावीमा बस्ने मानिसहरू साँघुरो, सानो र फोहोर बस्तीमा बस्छन्। तर यो जिद्दी मानिसहरूको उपनिवेश हो, जुन कहिल्यै रोकिँदैन।

स्लमडग मिलेनियरु फिल्मको सुटिङ धारावीमा मात्रै भएको थियो। यो बस्तीमा बस्ने केटा कसरी करोडपति बन्छ भन्ने चलचित्रमा देखाइएको छ। यो बस्ती त्यस्तो ुस्लमडगु हो, जहाँ हरेक चौथो घरमा एकजना उद्यमी पाइन्छन्। एक अनुमानअनुसार यहाँ २२ हजारभन्दा बढी साना व्यवसायी छन्। बस्तीमा छालाका सामान, गहना र सजावटी भाँडाहरू बनाइन्छ। यस बस्तीमा बनेका सामान स्वदेश तथा विदेशमा बेचिन्छन्।

यी बस्तीमा ५ हजारभन्दा बढी दर्ता भएका व्यवसायी रहेको एक प्रतिवेदनले देखाएको छ। धारावी बस्तीमा १५ हजारभन्दा बढी कारखाना त एकरएक कोठामा बनेका छन्। यहाँको रिसाइकल उद्योगले साढे २ लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसमा महिला र बालबालिका पनि छन्।

धारावीमा यति धेरै भीड छ कि यहाँ फोहोरमात्रै रहन्छ, जसका कारण यहाँ रोग पनि तीव्र रुपमा फैलिन्छन्। सन् १८९६ मा जब प्लेग संसारभर फैलियो, यसले धारावीलाई पनि असर गर्यो, किनभने त्यस समय पनि ठूलो संख्यामा मानिसहरू यहाँ थिए। प्लेग सकिएपछि पनि २५ वर्षसम्म धारावीका जनताले विभिन्न किसिमका रोगको सामना गर्नुपरेको थियो।

अप्रिल २०२० मा धारावीमा कोरोनाको पहिलो केस बाहिर आएको थियो। त्यसपछि यहाँ ुकोरोना बमु विस्फोट भएको थियो। बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गयो। सबैभन्दा ठूलो समस्या साँघुरा गल्लीहरूमा सामाजिक दूरी कसरी पालना गर्ने भन्ने थियो। तर धारावीले कोरोनासँग लड्यो र जित्यो पनि।

सन् १९९९ मा महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धन सरकार बनेपछि पहिलो पटक धारावी पुनर्विकासको प्रस्ताव आएको थियो। यसपछि २००३र०४ मा महाराष्ट्र सरकारले धारावीको लागि पुनर्विकास योजना ल्यायो।

धारावीको ठूला बस्तीलाई उत्कृष्ट बस्तीका रूपमा मान्यता दिनुपर्छ भन्ने सरकार चाहन्छ। यहाँ झुपडी र कमर्सियल कम्प्लेक्सको सट्टा घर बनाइनुपर्छ भन्ने सरकारले चाहेको छ।

धारावी पुनर्विकास परियोजना २० हजार करोड रुपैयाँको छ र १७ वर्षमा पूरा हुने अपेक्षा गरिएको छ। यहाँ बस्नेलाई ७ वर्षभित्र पक्की घरमा राख्ने लक्ष्य राखिएको छ। यो सम्पूर्ण आयोजनामा एक करोड वर्ग फिटभन्दा बढी जमिन आउनेछ।

यस परियोजनाअन्तर्गत २००० जनवरी १ अघिदेखि धारावीमा बसोबास गर्दै आएकाहरूलाई पक्की घर निःशुल्क उपलब्ध गराइनेछ। तर, २००० देखि २०११ सम्म यहाँ आएर बस्नेहरूले भाडा तिरेर बस्नु पर्नेछ।

वास्तवमा सरकारले यसका लागि पूर्ण योजना बनाएको छ। सरकारले एउटा कम्पनीसँग सम्झौता गरेर बस्ती क्षेत्रलाई सुन्दर बनाउने निर्णय गरेको थियो।धारावी पुनर्विकास परियोजनाले यस क्षेत्रका सुकुम्वासीहरूलाई ठूलो फाइदा हुनेछ। सरकारले मुम्बईलाई सुधार्ने दिशामा यो ठूलो कदम चालेको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर