वि.सं.२०८३ वैशाख १६ बुधवार
Dish Home Long Ad
शक्तिको दुरुपयोग नगर्न पूर्वमन्त्री पुनको सरकारलाई चेतावनी
Prabhu Bank AD

लिबाङ, रोल्पा
पूर्वमन्त्री एवम् संविधान सभा सदस्य अमरसिंह पुनले सत्ता र शक्तिको दुरुपयोग नगर्न नेकपा सरकारलाई चेतावनी दिनुभएको छ । नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेललाई विना कारण प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ती जनाउँदै पुनले दुइ तिहाइको आडमा निरङ्कुष र तानाशाहीपूर्ण बाटोमा नहिड्न सरकारलाई चेतावनी दिनु भएको हो ।
नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहेनु भएका पुनले नेकपा नेत्तृत्व सरकारको कार्यशैली र रबैया परिवर्तन नभए जनता विकल्पका लागि सडकमा आउन बाध्य हुने विज्ञप्ती मार्फत बताउनु भएको छ । उहाँले नेकपा सरकारको कुकार्यले लोकतान्त्रिक व्यवस्थाको ठाडो उपहास भएकोप्रति चिन्ता व्यक्त गर्नुृ भयो । कम्युनिष्ट सरकारका मन्त्रीहरु राज्य सम्पतिको चरम दुरुपयोग गरि अरुले बनाएका आयोजना उद्घाटन गर्दै हिड्दा सरकार मौन बस्ने तर अरुले राम्रा काम गर्दा समेत वर्तमान सरकारले अनेक बाहानामा दुःख दिने गरेको विज्ञप्तीमा उल्लेख छ । पौडेल आफ्नै पहलमा निर्माण भएको तनहुँ व्यास नगरपालिका १० मा पर्ने बल्दी खोलाको मटरेबल पुल उद्धघाटन गर्न जादा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर