वि.सं.२०८२ फागुन १७ आइतवार
Dish Home Long Ad
हिजो तोलामा ५६ सय बढेको सुनको मूल्यमा आज पनि व्यापक वृद्धि
Prabhu Bank AD

 

काठमाडौ । आज पनि सुन चाँदीकै मूल्य बढेको छ। आइतबार उच्च दरमा बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको हो।

हिजो तोलामा ५६ सय रुपैयाँ बढेको सुनको मूल्य आज ३२ सय रुपैयाँ बढेर तीन लाख १३ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुन तोलाको तीन लाख १० हजार तीनसय रुपैयाँ थियो। गएको बिहीबार सुनको भाउ तोलामा ४३ सय बढेको थियो।

गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदी आज तोलाको पाँच हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

Prabhu Bank AD

सम्बन्धित खवर