वि.सं.२०८३ साउन ११ सोमवार
Dish Home Long Ad
आयुर्वेद चिकित्सक संघको (ADAN) मधेस प्रदेश कार्यसमिति गठन
Prabhu Bank AD

असार २६ लहान । डा. सुजित यादवको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको ९ सदस्यीय मधेस प्रदेश कार्यसमिति समिति गठन भएको छ । प्रदेश सचिवमा डा. शैलेन्द्र यादव, कोषाध्यक्षमा डा. शत्रुधन प्रसाद साह, सदस्यहरुमा डा. संदिप कुमार साह, डा. टिना जैसवाल, डा. रामप्रवेश मण्डल, डा. रोहित यादव, डा. रामबाबु साह, डा. धिरेन्द्र महतो लगायतका छन् ।

शनिबार महोतरीको बर्दिवास गौतम होटेलमा आयोजित कार्यक्रमको अध्यक्षता भने डा. सुजित यादवले नै गरेका थिए । दर्जनौंको संख्यामा उपस्थित आयुर्वेद चिकित्सकहरुले आयुर्वेद चिकित्सक हरेक मानिसको अर्गानिक जीवन दान दिने ओषधी प्रणाली भएको हुनाले यसलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने तर्क गरेका थिए ।

कार्यक्रममा उपस्थित डा. शत्रुधन प्रसाद साहका अनुसार अहिलेको युगमा आयुर्वेद चिकित्साको महत्त्व निकै बढेकोले हरेक नागरिकले प्राण लिने अन्य ओषधो उपचारमा ख्याल गर्नैपर्ने भएको छ । हामीले यो संगठन आयुर्वेद शिक्षा र उपचार प्रणालीको बारेमा जनतालाई बेलैमा सचेत गराउनुपर्ने भएकोले यसको छुट्टै महत्त्व रहेको बताएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर