काठमाडौं । भारतको झारखण्डमा बिरामी बोकेको चार्ट विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सोमबार राति झारखण्डको चतरा जिल्लामा भयानक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए।
चार्टर विमान ४१ वर्षीय संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स थियो र उनीसँगै उडानमा रहेका विकास कुमार गुप्ता नामका डाक्टर पनि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
रांचीको बिरसा मुण्डा विमानस्थलबाट उडान भरेको केही समयपछि सम्पर्क टुटेको हो । नागरिक उड्डयन निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार, दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी ९० एयर एम्बुलेन्सको कोलकातासँग सम्पर्क र राडार सम्पर्क टुटेको थियो। विमानमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

