वि.सं.२०८२ फागुन १७ आइतवार
Dish Home Long Ad
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु
Prabhu Bank AD

 

काठमाडौं । पार्किङको विषयलाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि पर्साको वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले सोमबार आदेश जारी गर्दै कर्फ्यु लगाएको हो। दुई समुदायबीच विवाद बढ्दै गएपछि सुरक्षा वस्तुस्थितिलाई मध्यनजरगरि कर्फ्यु लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।

स्थानीय प्रशासनले बिहान ९ः४५ बजेदेखि कर्फ्यू लगाएको हो। प्रशासनले वीरगन्ज महानगरपालिकाका पूर्वमा बासइसा रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु लगाएको हो।

कर्फ्युको समयमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न रोक लगाइएको छ। कर्फ्युको उल्लंघन गरेमा कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ।

गएराति वीरगन्जको श्रीपुरमा सवारी साधन पार्किङको विषयमा सामान्य विवाद भएको थियो। विवाद बढ्दै गएपछि दुई समुदायबीच झडपको स्थिति आएको थियो।

आज पनि बिहानैदेखि विवाद बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर