वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
बिस्का जात्राको पहिलो दिनमै भाचियो भैरवनाथको रथ
Prabhu Bank AD

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ।

मङ्गलबार दिउँसो ३ बजेदेखि हजारौं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएको थियो। फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्याएको थियो। मङ्गलबार राति नै रथलाई गःहिटी पुर्याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिए। उनले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ। रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउन पर्ने बाध्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिए।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ। आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ।

Prabhu Bank AD

सम्बन्धित खवर