वि.सं.२०८२ फागुन १७ आइतवार
Dish Home Long Ad
रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना
Prabhu Bank AD

 

बुटवल । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

परासीतर्फबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान टोल गेट नजिक ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना करिब साढे पाँच बजेतिर भएको र घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए ।

‘घाइतेमध्ये केहीको टाउको चोट लागेको छ, उपचार भइरहेको छ,’ अस्पतालमा रहेका अध्यक्ष यादवले भने ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Prabhu Bank AD

सम्बन्धित खवर