वि.सं.२०८३ असोज ५ सोमवार
Dish Home Long Ad
तिब्बततर्फ पुन: ड्याम फुट्यो, सतर्क र सुरक्षित रहन अनुरोध

काठमाडौ तिब्बततर्फ पुन: ड्याम फुटेको सूचना आएको रसुवा सिडियोले जानकारी दिएका छन् सुचना प्राप्त भएपछि नेपाल प्रहरीलेतटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ।

शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो।

तिब्बततर्फ पानीको ड्याम पुन: फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन सुरक्षित स्थानतर्फ जान/जानकारी गराउन अनुरोध ,’ प्रहरीले भनेको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि हेलिकप्टरबाट रेक्की गर्ने काम भएको बताए।

बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ। 

तीन दिन अघि आएको बाढी पछि पनि सबै पानी सुकिनसकेको फेरि पानी जम्न थालेको सूचना चिनियाँ पक्षले दिएको थियो। उक्तसूचना पछि सतर्क रहन अनुरोध गर्दै आएको थियो।

रसुवामाथि चीनको बिकट भूमिमा बनेको ताल फुटेको छ। 

चीनको छोचेन खोला पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको खबर आएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्षकैसाङ नुर्पु तामाङले जानकारी दिए। 

२० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको ,’ उनले नेपालखबरसँग भने। यो नयाँ ताल बनेको क्षेत्ररसुवागढीबाट १८ किलोमिटर माथि पर्छ। 

जिल्ला प्रशासन कार्यालय रसुवाले पनि ताल फुटेको जानकारी गराएको छ। 

चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।

यही भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरिरहेको अवस्थामा फेरि ताल फुटेको सूचनाआएको हो। 

नेपाल प्रहरीले पनि तिब्बतबाट ताल पुनः फुटेको जानकारी आएको जनाएको छ।