वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
अछाम घटनाः पोस्टमार्टम सकियो, अनुसन्धान नहुँदासम्म शव नबुझ्ने आफन्तको अडान
Prabhu Bank AD

 

 

काठमाडौं । अछाममा मृत भेटिएका दुई किशोरीको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । शुक्रबार बेपत्ता भएका दुई किशोरी शनिबार मृत अवस्थामा फेला परेका थिए ।

शुक्रबार बाख्रा चराउन गएका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र १५ वर्षिया सरस्वती खड्का मृत भेटिएका थिए । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको छ । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले थप अनुसन्धान गर्ने भएका छन् ।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सईको नेतृत्वमा टोली खटाइएको छ । जसमा एक जना पोलिग्राफ गर्ने असई पनि छन् ।
यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही घटना सम्बन्धमा अछाम जाने भएका छन् ।

‘हामीले पनि अनुसन्धान गरिरहेका छौं । केन्द्र र प्रदेशबाट पनि टोली आइरहेका छन्’, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामी चाँडै सत्यतथ्य पत्ता लगाउँछौं ।’

अछाम जिल्ला अस्पतालबाट किशोरीहरूको शव पोस्टमार्टमका लागि सोमबार भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो । पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी रहेको अछाम प्रहरीले जनाएको छ । केही दिनमा रिपोर्ट आउने र पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य बाहिर आउने डीएसपी भण्डारीको भनाइ छ ।

‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य खुल्नसक्छ’, डीएसपी भण्डारीले भने, ‘अहिले भन्न सकिने अवस्था छैन । हामी गम्भीर अनुसन्धानमा केन्द्रित छौं । प्रहरीले पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने जनाएको छ । आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।

घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुई जना नियन्त्रणमा छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर