वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा
Prabhu Bank AD

 

 

काठमाडौं । फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट काठमाडौँकी श्रेया गिरी छनोटमा परेकी छन्।

फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा गिरी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन्।
२८ वर्षीया गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन्।

लन्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन्। जतिबेला कोरोना महामारी फैलिएको थियो।
ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल दुवै तरिकाले मानसिक परामर्श प्रदान गर्छ भने विभिन्न वर्कसप पनि सञ्चालन गर्छ।

उक्त संस्थाले विश्वभर रहेका नेपालीलाई सेवा दिइरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर