वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
Prabhu Bank AD

सिरहा, १९ मंसिर ः चुरे क्षेत्रबाट अबैध रुपमा गिट्टी, बालुवा तथा ग्राभेल उत्खनन् र खुल्ला रुपमा वन फडानी गरि काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार पत्रकार सम्मेलन गदै कांग्रस जिल्ला समितिले कानून विपरित स्थानीय तह र प्रहरी प्रशासन समेतको मिलेमतोमा खुलेआम तस्करी भईरहेको आरोप लगाएको हो । कांग्रस जिल्ला समिति सभापति रामचन्द्र यादवले पत्रकार सम्मेलनमा बोल्दै जिल्लामा हुने गरेका अवैध गतिविधिहरु तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

“नेपाल –भारत खुल्ला सीमानाबाट संगठित रुपमा भन्सार तस्करी हुने गरेका छन् । चुरेको दोहन रोकिएको छैन” सभापति यादवले भने,“अवैध गतिविधिलाई नियन्त्रण गर्नुको सट्टा सामान्य ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने कामदारसँग अवैध रकम अशुली गर्ने र झुठ्ठा मुद्धा लगाई फसाउने काम गरिएको छ ।” नेपाली कांग्रेस सम्मलित सरकार भएपनि आँफुहरुले त्यस्तो महसुस गर्न नसकेको सभापति यादवले बताए ।

त्यसैगरि किसानले उत्पादन गरेको धान, तरकारी तथा फलफूलहरुको उचित मुल्य निर्धारण गरि बजारीकारण गर्नुपर्ने र समयमै मल, खाद्य तथा बीउ बीजन उपलब्ध गराउँनुपर्ने लगाएत छ बुँदे माग सिरहा कांग्रेसले अघि सारेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर