वि.सं.२०८२ फागुन २० बुधवार
Dish Home Long Ad
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार
Prabhu Bank AD

कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ । स्रोतका अनुसार कैलाली क्षेत्र नम्बर ३ र ४ बाट विरमान चौधरी र हरि चौधरी उत्सवको नाम टुङ्गो लगाएको छ। कैलालीको १ ,२ र ५ नम्बर क्षेत्रको विषयमा अहिले छलफल जारी छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, २ नम्बर क्षेत्रमा लाल बहादुर खड्का र ३ नम्बर क्षेत्रका मान बहादुर सुनाको नाम टुङ्गो लागेको छ । अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् ।

डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार हुने भएका छन् । बझाङबाट मीनबहादुर कुवर उम्मेदवार बन्ने भएका छन् । बैतडी परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह पक्का भएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर