वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
चिया बेच्नेलाई नगरप्रहरीले गरे लछारपछार
Prabhu Bank AD

काठमाडौंका नगर प्रहरीहरुले बाटो किनारमा बसेर चिया बेच्ने एक व्यक्तिलाई लछारपछार गरेको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेको सो भिडियोमा आधा दर्जन बढी नगर प्रहरीहरु मिलेर एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ ।

सामाजिक सन्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडिको सडकको हो र नगर प्रहरीले एकजना चिया बिक्रेतालाई लछारपछार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने सो भिडियोको वास्तविकताबारे बुझ्न नपाएको बताए । ‘मैले पनि भिडियो हेरेँ, त्यो घटना के हो ड्युटीमा को थियो भन्नेबारे बुझ्दै छु,’ पाण्डेले भने ।

सडक र बजार व्यवस्थित बनाउने नाममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई अमानवीय व्यवहार गरेका घटना बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

यसअघि साइकलमा डुलाएर आँप बेचिरहेका मधेशी मूलका व्यक्ति, सडक किनारमा मकै पोलिरहेकी महिला, थापाथलीमा चिया बेचिरहेकी महिलाका सामान अमानवीय ढंगले खोसिएका भिडियोहरु सार्वजनिक भएका थिए ।

यस्ता घटनापछि केही व्यक्तिहरुले नगर प्रमुख बालेन साहविरुद्ध विरोध प्रदर्शन समेत गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर