वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
आगलागी, डढेलो र चट्याङबाट २७ जनाले गुमाए ज्यान
Prabhu Bank AD

 

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो।

आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका छन् भने ९० जना घाइते भएका छन्। यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ।

यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो।

Prabhu Bank AD

सम्बन्धित खवर