काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र इद मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिदमा सामूहिक नमाज पढिएको छ ।
इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

इद उलफित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा व्रतबसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

