वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
राजधानीका ९० स्थानमा सवारी जाँचको तयारी, नौ सय ट्राफिक खटाईंदै
Prabhu Bank AD

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्वलाई सुरक्षित र मर्यादित बनाउन भोलि राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ । बिहान ७ बजेदेखि थालिने सवारी जाँचमा नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन हुने बताइएको छ ।

उपत्यकाका तीन वटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने भएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरित सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाई छ ।

होलीको दिन युवा पुस्ताले मादकपदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर